लक्ष्मी बैंकको माघ २८ मा साधारण सभा, चुक्ता पूँजी ८ अर्ब ९२ करोड पुग्ने

शुक्रबार, ०४ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



लक्ष्मी बैंकको माघ २८ मा साधारण सभा, चुक्ता पूँजी ८ अर्ब ९२ करोड पुग्ने

काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश अनुमोदनका लागि सभामा पेश गर्ने भएको छ । साधारण सभाका लागि बैंकले माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा सम्पूर्ण अख्तियारी सम्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने जनाएको छ । यस्तै, अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनको अन्डरराइट गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने भएको छ । 

साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । लक्ष्मी बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।


Tags : #Laxmi Bank

प्रतिकृया दिनुहोस