National

यी हुन् शुक्रबार खुल्ने बैंकका शाखाहरु (सूचीसहित)

 Banks
  • बैंकिङ संसार
काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि विभिन्न बैंकले देशका विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकहरुले देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये २ सय ४ वटा बैंकको शाखा र २२ वटा विस्तारित काउन्टरमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडले आफ्ना देशभर रहेका १ सय २० वटा बैंकको शाखाहरुमार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये १ सय १४ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सिभिल बैंक
सिभिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ६२ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले १० वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आलोपालो प्रणालीबाट काठमाडौं उपत्यकाभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

कुमारी बैंक
कुमारी बैंकले वाग्मती प्रदेशबाट मात्रै ३० वटा बैंकको शाखा कार्यलयमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना वाग्मती प्रदेशभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आफ्ना देशभर रहेका ८५ वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सेन्चुरी बैंक
सेन्चुरी बैंक लिमिटेडले देशभरी रहेको शाखाहरुमध्ये ७९ वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले देशभरी रहेको शाखाहरुमध्ये ४५ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।
प्रभु बैंक
प्रभु बैंकले ५ वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकको काठमाडौं उपत्यकाभित्रबाहेकका अन्य ठाउँहरुमा त्यहाँका स्थानिय सरकारले अनुमति दिए खुल्ला हुने भएको छ ।
नबिल बैंक
नबिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ७२ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 
प्राइम बैंक
प्राइम कमर्सियल बैंकले देशभरी रहेको शाखाहरुमध्ये आफ्ना १ सय ९ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ७२ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै