National

सिद्धार्थ बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कहिलेबाट हुन्छ लागु ?

 Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १७ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले भाद्र १९ गते (शुक्रबार) देखि लागू हुने गरी सार्वजनिक गरेको हो । 
बैंकले १० प्रकारको बचत खातामा ३ प्रतिशत र ७ प्रकारको बचत खातामा ५ प्रतिशत व्याजदर तोकेको छ ।बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज कायम गरेको छ ।
यता बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिना भन्दा बढी अवधिका लागि ६.५ प्रतिशत व्याजदर तोकेको छ । यसैगरी संस्थागततर्फ ३ महिना देखि १ वर्षसम्मका लागि ७.२५ प्रतिशत र १ वर्ष भन्दा माथिका लागि ७.७५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै