National

एनआईसी एशिया बैंकका ग्राहकले मेगा ग्याजेट्स सेलमा ‘वान प्लस’का मोबाइलमा आकर्षक छुट पाउने

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले मेगा ग्याजेट्स सेलमा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले ‘वान प्लस’का मोबाइलमा आकर्षक छुट पाउने भएका हुन् ।

सारांश

गत भदौ ११ गतेदेखि १९ गतेसम्म जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकका ग्राहकहरुको लागि उक्त अफर ल्याएको हो । यस अफरअन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकहरुले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैयाँ नगद फिर्ता पाउनेछन् । उक्त सुविधा भने बैंकको इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैयाँ बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ । मेगा ग्याजेट्स सेल मेला भने भदौ २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै