National

ग्लोबल आईएमई बैंकका मंगलबार काठमाडौं उपत्यकामा १० शाखा खुल्ने, हेर्नुहोस् कहाँ-कहाँ खुल्दैछन् ?

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकले निषेधाज्ञाको अवधिमा पनि काठमाडौं उपत्यकाभित्र रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । बैंकले १० वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने भएको हो ।
बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
बैंकले उपत्यकाभित्र रहेको ज्ञानेश्वर, कान्तिपथ, तिनकुने, कोटेश्वर, कलंकी, सुकेधारा बालाजु, कुमारीपाटी, नख्खु र सुर्यविनायक शाखाहरुमार्फत ग्राहकहरुलाई  बैंकिङ सेवा दिने भएको छ । 

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै