National

मुक्तिनाथ विकास बैंकले गर्यो काठमाडौंका ५ अस्पतालहरुसँग सम्झौता

 Muktinath Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंका ५ अस्पतालहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । बैंकले बसुन्धारामा रहेको काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीसँग सम्झौता गरेको हो । 
अब बैंकका ग्राहकहरुले काठमाडौं नेचुरोपेथी अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । 
त्यसैगरी लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नको लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुट पाउनेछन् भने डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । 
काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा भने विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत र पिसिआर परिक्षणमा ४ सय रुपैयाँको विशेष छुट पाउने भएका छन् । 
यसैगरी कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसिआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्