National

नबिल बैंकको देशभर बुधबार ९३ शाखाहरु खुल्ला हुने, हेर्नुहोस् कहाँ-कहाँ खुल्दैछन् ?

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना केहि शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये ९३ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न.१ मा १७ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न २ मा ९ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट २४ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । 
त्यस्तै गण्डकी प्रदेशमा १३ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै प्रदेश न. ५ मा १३ वटा बैंक शाखाबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशबाट ६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशमाबाट ११ वटा बैंकको शाखामार्फत सेवा दिने बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै