National

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने

 NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २ गतेदेखि कार्तिक ६ गतेसम्ममा सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । त्यसैले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम सेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ । 
बोलपत्र कात्तिक २० गते ३ बजेदेखि बोलपत्रवाला र निजको प्रतिनिधिको उपस्थितिमा खोलिने छ। उक्त सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै