National

कुमारी बैंक लिमिटेडद्धारा महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न

 Kumari Bank
  • बैंकिङ संसार
महेन्द्रनगर । कुमारी बैंक लिमिटेडले सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर कंचनपुरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी आईतबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा र चादनीदोधारा शाखाका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । 
उक्त कार्यक्रम बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुदैँ महेन्द्रनगर बजारको १ नं., २ नं., ३ नं., ४ नं., र ५ नं. गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो । सोही कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका व्यक्तिहरुलाई १ हजार थान मास्क तथा १५० थान ह्यान्ड स्यानीटाईजर पनि वितरण गरेको थियो ।
कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामुलक नारा लेखिएका व्यानर तथा प्ले–कार्डमार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पुर्वसावधानिका सन्देश दिईएको थियो ।
सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने बताए । साथै आगामी दिनहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने पनि बताएका छन् ।
बैंकले सुदुरपश्चिम प्रदेशबाट १९ वटा शाखा र ८ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ । साथै देशभर बैंकको १ सय ८६ शाखा, १ सय ८ एटिएम, २२ शाखारहित बैंकिङ्ग सेवा र १३ एक्सटेन्सन काउन्टर संचालनमा रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्