National

सिभिल लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

 Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने सोमबार भदौ २९ गते अन्तिम दिन रहेको छ । लघुवित्तले पुनःथप गरेको समय सोमबार सकिन लागेको हो । यसअघि भदौ १४ गतेसम्म मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको थियो । उक्त सेयर लघुवित्तले साउन २५ गतेदेखि निष्काशन गरेको हो । 
आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत पनि घरमै बसेर आवेदन दिन सकिनेछ । कम्पनीले हाल चुक्ता पूँजीको १ः१ अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित गरी ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हालको चुक्त पुँजी ११ करोड ४१ लाख १४ रुपैयाँ रहेको छ हकप्रद निष्काशन पश्चात २२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।
लघुवित्तले असार १५ गते सोमबार हकप्रद सेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज गरेको थियो । जसकारण असार १४ गते आइतबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै