National

कुमारी बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारी आइसोलेसनमा

 Kumari Bank
  • बैंकिङ संसार
सुर्खेत । कुमारी बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुको अहिले आइसोलेसनमा राखिएको छ ।
बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएसँगै बैंकको उक्त शाखा कार्यलय बन्द गरिएको छ । त्यस्तै बैंकका बाँकी कर्मचारीहरुलाइ पनि होम क्वारेन्टाइनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
संक्रमित कर्मचारीहरुको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ । ती कर्मचारीहरुमा भदौ २९ गते सोमबार कोरोना संक्रमण पुष्टी भएको हो । पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा परेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै