National

एनएमबी बैंक लिमिटेडले गर्यो नयाँ व्याजदर सार्वजनिक

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २० प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २.७५ प्रतिशत र अधिकतम ४.७५ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मका लागि ७ प्रतिशत र १ वर्षभन्दा माथिका लागि पनि ७ प्रतिशत नै व्याजदर कायम गरेको छ । यसैगरी मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मका लागि ५.५० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि ६.५० प्रतिशत व्याजदर तोकिएको छ ।
त्यस्तै बैंकले १ वर्षदेखि ३ वर्षसम्मका लागि ७.२५ प्रतिशत र ३ वर्षदेखि ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ५ वर्षदेखि १० वर्षसम्मका लागि ८.७५ प्रतिशत र १० वर्षदेखि १५ वर्षसम्मका लागि ९.२५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 

यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै