National

सनराइज बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कहिलेदेखि हुन्छ लागु ?

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनासम्मका लागि ७ प्रतिशत र ३ महिनादेखि १ वर्षसम्मका लागि ७.२५ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै १ वर्ष भन्दा माथिका लागि ७.७५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ ।
बैंकले संस्थागततर्फ भने ३ महिनादेखि १ वर्षसम्मका लागि ६.५० प्रतिशत र १ वर्षदेखि २ वर्षसम्मका लागि ७ प्रतिशत व्याजदर कायम गरेको छ । यसैगरी २ वर्ष भन्दा माथिमा लागि ७.२५ प्रतिशत व्याजदर तोकिएको छ । सनराइज बैंक लिमिटेडको आधार दर ८.९५ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.३७ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः 

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै