National

मुक्तिनाथ विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ व्याजदर

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २५ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ४ प्रतिशत देखि अधिकतम ५.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनासम्मका लागि ७ प्रतिशत र ३ महिना देखि ६ महिनासम्मका लागि ७.५० प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ६ महिनादेखि ९ महिनासम्मका लागि ८ प्रतिशत र ९ महिनादेखि १ वर्षसम्मका लागि ८.५० प्रतिशत व्याजदर तोकिएको छ । यसैगरी बैंकले १ वर्षदेखि २ वर्षसम्मका लागि ९.२५ र २ वर्षदेखि ५ वर्षसम्मका लागि ९.७५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यसैगरी बैंकले संस्थागततर्फ ६ महिनादेखि ९ महिनासम्मका ७.५० प्रतिशत र ९ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै १ वर्षदेखि २ वर्षसम्मका लागि ८.७५ प्रतिशत र २ वर्षदेखि ५ वर्षसम्मका लागि ९.७५ प्रतिशत व्याजदर कायम गरीएको छ । बैंकको आधार दर भने ९.७८ प्रतिशत रहेको छ । 
यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै