National

यस्तो छ एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ । 
यसैगरी २ वर्षदेखि ५ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकको आधार दर भने ९.०३ प्रतिशत रहेको छ । 
यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै