National

एनआईसी एशिया बैंकले ल्यायो नयाँ कर्जा योजना, आश्विन मसान्तसम्म रकम चुक्ता गरे यस्तो सुविधा पाईने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ कर्जा योजना ल्याएको छ । बैंकले २०७७ आश्विन मसान्तका लागि आकर्षक नयाँ कर्जा योजना ल्याएको हो । बैंकले भाका नाघेका कर्जाहरू आश्विन मसान्तसम्मसम्म सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएको छ ।
जसअनुसार २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको व्याजदरलाई घटाई २०७७ कार्तिक १ देखि लागू हुनेगरी ८.९९ प्रतिशत व्याजदर कायम गरिने बैंकले जनाएको छ ।
बैंकबाट प्रवाह भएका मासिक र त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरुले यस योजनामा सहभागी भई लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै