National

बैंक अफ काठमाण्डूले गर्यो खल्ती डिजिटल वालेटसँग सम्झौता, वालेटबाटै सजिलै पैसा लोड गर्न सकिने

  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो । बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका तर्फबाट निर्देशक अमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् । साथै ग्राहकहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु पनि प्रयोग गर्न सक्नेछन् । 
यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरु मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानीलगायत अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्