National

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि लिन सकिने

Muktinath Remit
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अष्ट्रेलियाबाट पनि मुक्तिनाथ रेमिट सेवाको सञ्चालन गरेको छ । बैंकले अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि नेपालमा रकम पठाउन सजिलो बनाउने उद्देश्यले मुक्तिनाथ रेमिट सेवाको सञ्चालन गरेको हो । 
अब अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिटबाट मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्ने भएका छन् ।
साथै मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने भएको छ । थप जानकारीको लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्