National

नबिल बैंकले दशैंलाई लक्षित गर्दै सेयर धितो कर्जा योजना ल्याउने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले सस्तो व्याजदरमा सेयर धितो कर्जा योजना ल्याउने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशत व्याजदरमा नबिल सेयर धितो कर्जा योजना ल्याउने भएको हो ।
बैंकले उक्त व्याजदरमा ५० लाख अथवा सो भन्दा बढीको नबिल सेयर धितो कर्जा दिने जनाएको छ । आउँदै गरेको बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रहेर नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म बैंकले देशभरी १ सय १९ शाखा र १ सय ८५ एटिएममार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्