National

ग्लोबल आइएमई बैंकको मुद्दती खाता योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले मुद्दती खाता योजना सार्वजनिक गरेको छ । बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सार्वजनिक गरेको हो । 
उक्त योजनाले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पुर्याउने बैंकले जनाएको छ ।
उक्त खाता १ लाख रुपैयाँ भन्दा बढी रकममा खोल्न सकिने र ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म व्याज पाइने बैंकले जनाएको छ । मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि पनि खोल्न सकिनेछ ।
बैंकले उक्त योजनासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाख भन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउने भएका छन् । यस्तै निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमा पुगेर सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । 
मेरी उनीलाई मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुराको विश्वास बैंकले लिएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै