National

गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर मंगलबारबाट लिलामीमार्फत बिक्री खुल्ला हुने

Gurans Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर मंगलबारबाट लिलामीमार्फत बिक्री खुल्ला हुने भएको छ । कम्पनीको अवितरित हकप्रद सेयर लिलामीमार्फत असोज १३ गते मंगलबारदेखि बिक्री खुल्ला हुने भएको हो । 
कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोही हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
जसमध्ये ३ लाख ३७ हजार ५ सय ६५ कित्ता सेयर संस्थापक समूहको र २ लाख ५२ हजार ४ सय ४९ कित्ता सेयर सर्वसाधारण समूहको लिलामीमार्फत बिक्री गर्न लागेको हो । 
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । लगानीकर्ताले आवेदन भने असोज १३ गतेदेखि असोज १९ गतेसम्म दिन सक्ने भएका छन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै