National

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच सहकार्य

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच सहकार्य भएको छ । बैंकले अजिरा विल्डर्सका ग्राहकलाई कर्जा प्रदान गर्ने गरी सहकार्य भएको हो । 
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना जुनसुकै शाखाबाट घर कर्जा प्रदान गर्ने भएको छ ।
कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सका तर्फबाट प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा एक कार्यक्रमकाबीच हस्ताक्षर भएको हो । बैंकले देशभरी रहेका १ सय २४ वटा शाखा र ६६ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै