National

पत्रकारमाथि दुर्व्यवहारको आरोप लागेपछि एनआइसी छोडेर सांग्रिला गएका केसीले पत्रकारमाथि हातपात गरे, निलम्बनको तयारी !

सारांश
  • बैंकिङ संसार
काठमाडौँ । एनआइसी एशिया बैंकमा रहंदा पत्रकारमाथि अभद्र तरिकाले प्रस्तुत भएको, बैंकभित्रका सूचना बाहिर लगेको, सामाजिक संजालमा संस्थालाई नै गाह्रो हुनेगरी पत्रकारलाई लक्षित गर्दै मनपरी लेखेको, लगायतका कार्यहरु गर्दा ‘अति’ भएपछी बैंकले मौखिक स्पष्टीकरण सोध्दा राजिनामा दिएर सांग्रीला डेभलपमेन्ट बैंक गएका बैंकका बजार व्यवस्थापन शाखाका कर्मचारी रबि केसीले जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीमाथि हातपात गरेको खबर छ । पत्रिकामा प्रकाशित बिज्ञापनको रकम भुक्तानी लिन जाँदा आफूमाथि हातपात भएको कार्कीको दाबी छ । 
‘गत फेब्रुरी २६ तारिखमा पत्रिकालाई बैंकले बिज्ञापना उपलब्ध गराएको थियो । त्यस बिज्ञापनको रु १० हजारको बिल प्रकाशनले पठाएको थियो । बिलको भुक्तानीका लागि पटक पटक धाउँदा पनि रकम उपलब्ध भएको थिएन । त्यस बैंकको बिज्ञापन वयवस्थापन पनि रबि केसीले नै हेर्ने भएको हुँदा बैंकले उसैैलाई सोध्न भन्दै आएको थियो । सोही रकम बारेमा कुराकानी हुँदा ममाथि आक्रमण भयो ।’ उनले भने ।
यता यस विषयमा नेपाल पत्रकार महासंघ पनि बोलेको छ । महासंघको काठमाडौँ जिल्ला शाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो काम गर्नेलाई कानुनी कारवाहीका लागि माग गरेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका कार्की बैंकका कर्मचारीको आक्रमणबाट फुत्किएर भृकुटीमण्डपस्थित कार्यालय सम्पर्कमा आएपछी महासंघले बिज्ञप्ति नै निकालेर केसीलाई कारवाही गर्न माग गरेको हो ।
यो पनि पढ्नुहोस् :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै