National

कृषि विकास बैंकले ल्यायो थप १ नयाँ शाखा कार्यलय संचालनमा

Agriculture Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकको थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहिबार असोज १५ गते उपत्यकामा नयाँ शाखा संचालनमा ल्याएको हो । 
बैंकका नयाँ शाखा संचालन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य माननिय मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापालगायतका उपस्थिती रहेको थियो । 
यसका साथै स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाललगायत स्थानीय विद्यालयका प्रधाना-अध्यापकहरु तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । 
कोरोना महामारीको कारणले औपचारीक रुपमा कार्यलयको उद्घाटन हुन नसकेपनि अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ सेवा संचालनको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै