National

खातामा पैसा नभएको थाहा हुँदा-हुँदै पनि ३२ लाखको चेक काटेर दिने अमर महर्जन पक्राउ

  • बैंकिङ संसार
काठमाडौं । बाउन्स चेक काटेपछि अमर महर्जन पक्राउ परेका छन् । उनले ३२ लाख रूपैयाँको बाउन्स चेक काटेर भुक्तानी नभएपछि उनी पक्राउ परेका हुन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 
काठमाडौंको कुलेश्वरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७६ माग १३ गते गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।
ललितपुरको खोकना निवासी महर्जनले गत २०७४ जेठमा रिता महर्जनलाई ३२ लाख रूपैयाँको चेक दिएका थिए । उक्त चेक अहिलेसम्म भुक्तान भएको छैन । सोही कारण उनलाई पक्राउ गरिएको हो ।
अदालतको फैसला अनुसार उनी ७ दिन जेल बस्नु पर्ने भएको छ भने ३२ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्