National

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा कार्यालय महेन्द्रनगरमा, सुवाश चन्द्र घिमिरेले गरे उद्घाटन

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 
बैंकले आफ्नो ८३औं शाखा महेन्द्रनगरमा स्थापना गरी कारोबार विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले नवस्थापित शाखाको उद्घाटन गरेका हुन् ।
महेन्द्रनगर शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ । 
बैंकले देशभर ८३ शाखा, १ सय २५ एटीएम, ५६ शाखारहित बैंकिङ, १७ एक्सटेन्सन काउन्टर र १० राजस्व संकलन काउन्टरमार्फत ग्राहकमहानुभावहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै