National

नेपाल राष्ट्र बैंकले भन्यो–‘डिजिटल राजश्व भुक्तानीमा शुल्क नलिनू’

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल राजश्व भुक्तानीमा शुल्क नलिन निर्देशन दिएको छ । बैंकले डिजिटल वालेटमार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन निर्देशन दिएको हो । 
नेपाल राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भुक्तानी सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।
बैंकले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै आगामी २०७७ पुस मसान्तसम्म राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको हो ।
यसअघि भुक्तानी सेवा प्रदायकहरुले सरकारलाई बुझाउने राजश्वअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क तथा १ हजारभन्दा बढी रकमको भुक्तानीमा ५ देखि ३० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै