National

एनएमबी बैंकको नेतृत्वमा २ कम्पनीले सेती नदि जलविद्युत आयोजनामा ३ अर्व ५० करोड रुपैयाँ लगानी गर्ने

NMB BAnk
  • बैंकिङ संसार
बुटवल । एनएमबी बैंकको नेतृत्वमा २ कम्पनीले सेती नदि जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । ३ अर्व ५० करोड रुपैयाँ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने भएको हो ।
भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजना करिब ५ अर्व रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्व ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
सेती नदी जलविद्युत आयोजनामा एनएमबि बैंकले २ अर्व २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरि जम्मा ३५० करोड ऋण लगानी गर्ने भएको हो ।
एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
आयोजनाका लागि बैंकहरुको तर्फबाट कुल लागत ५ सय करोडको ७० प्रतिशतले हुने रकम ३ सय ५० करोड ऋण लगानी हुने भएको छ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत सेयरधनी भई प्रवर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने १ सय ५० करोड रकम लगानी हुने बम्पनीले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै