National

सनराइज बैंक लिमिटेडको नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, एटिएम कार्डमार्फत कारोबार गर्न सकिने

Sunrise Bank
  • बैंकिङ संसार
रुपन्देही । सनराइज बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको तिलोत्तमामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 
बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउदै जाने उद्देश्यसाथ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । बैंकको रुपन्देहीको तिलोत्तमामा संचालन भएको ५१औं शाखारहित बैंकिङ सेवा हो ।
कार्तिक १२ गते बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं ६ को सदस्य संगिता गुरुङ्गले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा प्रमुख अतिथि संगिता गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै