National

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त

United Insurance
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । 
कम्पनीले कार्तिक १ गते शनिबारबाट लागु हुनेगरी नारायणचौर नक्साल काठमाडौंस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ । 
यस्तै सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने, संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्