National

माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्षसमेत रहेका उद्योगी सूर्यबहादुर केसीको मृत्यु

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष सूर्यबहादुर केसीको मृत्यु भएको छ । बैंकका पूर्व अध्यक्ष केसीको कार्तिक १७ गते सोमबार राति मृत्यु भएको हो ।
रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका संस्थापकसमेत रहेका केसी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन् ।
युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंचसमेत रहेर काम गरेका केसी सफल उधोगी पनि हुन् । उनको लगानी हाईड्रोपावर, बैंक, चाउचाउ एवं फुड्स र मिडियालगायतका क्षेत्रमा छ । केसीले माछापुच्छ्रे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै