National

कुमारी बैंक कोरोनाको हब बन्ने संकेत, काभ्रेको कुन्ताबेसीमा बैंकिङ सेवाको कन्तबिजोग !

Kumari Bank
  • बैंकिङ संसार 
काभ्रेपलान्चोक । कुमारी बैंकमा कोरोनाको ब्यापक जोखिम देखिएको छ । बैंकको काभ्रेपलान्चोकको कुन्ताबेसीस्थित शाखामा सेवाग्राहीहरुको ब्यापक भिड लागेसँगै कोरोनाको जोखिम देखिएको हो । बैंकको उक्त शाखामा वृद्धभत्ता बुझ्न आउनेको भिड लागेको हो । तर बैंक सो भिडबारे बेखबर छ । जसकारण बैंकमा आएका वृद्धवृद्धाहरुमा संक्रमण हुन सक्ने देखिन्छ । 
बैंकले सो भिडलाई न व्यवस्थापन गर्न खोजेको छ न त भौतिक दुरीनै कायम गर्न भनेको छ । बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण हुँदा पनि बैंकले संक्रमणको वास्ता नगरी अझै लापरबाही गरिरहेको छ । सयौंको संख्यामा बैंक आएका सेवाग्राहीहरुलाई एकैठाउँमा भेला गराएर बैंकिङ सेवा दिंदा कुमारी बैंक कोरोनाको हब बन्ने देखिन्छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै