National

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रा.लिबीच सम्झौता, हेभि इक्युपमेन्ट खरिदको लागि सहुलियत कर्जा दिने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रा.लिबीच सम्झौता भएको छ । बैंकले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदको लागि सहुलियत कर्जा दिने सम्बन्धी बैंक र अर्थमूभर्स प्रा.लिबीच सम्झौता भएको हो ।माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एमएडब्लु अर्थमूभर्सको तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
सम्झौता भएसँगै दुबै कम्पनीका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा पाउने भएका छन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत र एमएडब्लु अर्थमूभर्स प्रा.लिका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने भएको छ ।
बैंकले हाल १ सय ६० वटा शाखा कार्यालयहरु, १ सय ३३ शाखारहित बैकिङ सेवा, १ सय ९८ वटा एटीएम र ५ एक्सटेन्स काउण्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै १ हजार भन्दा बढि पिओएसमार्फत बाट पनि ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्