Banking Sansar http://bankingsansar.com Banking Sansar - Nepal's top news portal for banking sector en-US hourly 1 Copyright 2019 Sat, 16 Feb 2019 06:03:10 +0545 सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा खरिद गर्न सकिने http://bankingsansar.com/news/3300 Fri, 15 Feb 2019 15:17:04 +0545 http://bankingsansar.com/news/3300 सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएसँगै कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

साथै उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

]]>
आइएमई जनरल र सर्लाहीको हरिपुर नगरापालिकाबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँ http://bankingsansar.com/news/3299 Fri, 15 Feb 2019 15:07:27 +0545 http://bankingsansar.com/news/3299 आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । ले हरिपुर नगरपालिकाकोसम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।

सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासीको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न गर्न सक्नेछन् ।

]]>
सहयोगी विकास बैंकको एजिएम फागुन २५ मा, १७% लाभांशसहित यस्ता पेश हुने एजेन्डा http://bankingsansar.com/news/3298 Fri, 15 Feb 2019 14:31:08 +0545 http://bankingsansar.com/news/3298 सहयोगी विकास बैंक लिमिटेडले फागुन २५ गते साधारण सभा बोलाएको छ । काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडले फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा गर्नका लागि बैंकले फागुन १३ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । बैंकले लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

साधारण सभा होटल मानकि इन्टरनेसनल प्रा.लि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे बस्नेछ । बैंकले आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि तयार देखिएको छ । यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ । 

]]>
ज्योति लाइफ इन्स्योरेन्सको नाफा १९.७१% ले घट्यो, अन्य सुचकको अवस्था कस्तो ? http://bankingsansar.com/news/3297 Fri, 15 Feb 2019 14:21:10 +0545 http://bankingsansar.com/news/3297 ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दास्रो त्रैमासमा खुद नाफा १९.७१ प्रतिशतले घटेर ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दास्रो त्रैमासमा खुद नाफा १९.७१ प्रतिशतले घटेर ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ८ करोड २ लाख ९६ हजार  रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीको बीमा शुल्क ९५७.३२ प्रतिशतले बढेर ३० करोड ९१ लाख १९ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष २ करोड ९२ लाख ३५ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । यस्तै, जीवन बीमा कोषमा ३२ करोड ८९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड १८ लाख ३८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १६ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३१ पैसा छ ।

]]>
अजोड इन्स्योरेन्स र नबिल बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने http://bankingsansar.com/news/3296 Fri, 15 Feb 2019 14:03:40 +0545 http://bankingsansar.com/news/3296 अजोड इन्स्योरेन्स र नबिल बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । काठमाडौँ - अजोड इन्स्योरेन्स र नबिल बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक महेश राज खरेल र बैंकका तर्फबाट रिटेल व्यवसाय प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा नबिल बैंकका सबै शाखाबाट लिन सकिने छ ।

]]>
माछापुच्छ्रे बैंकको थप ५ स्थानबाट शाखा रहित बैंकिङ सेवा उपलब्ध, कुल संख्या ६१ पुग्यो http://bankingsansar.com/news/3295 Fri, 15 Feb 2019 13:26:17 +0545 http://bankingsansar.com/news/3295 माछापुच्छ्रे बैंकले एकैपटक चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरि ५ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं  - माछापुच्छ्रे बैंकले एकैपटक चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरि ५ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको मुग्लिङ्ग स्थित फिस्लिङ, तनहँु म्याग्दी गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालि स्थित दुइपिप्ले, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी पिपलबोटबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्दहरु अथात् शाखा रहित बैंकिङ इकाई मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

नयाँ खुलेका सहित माछापुच्छ्रे बैंकले ६१ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रकोे रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था रहेको बैंकले जनाएकोे छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने सेवा उपल्ब्ध गराउनुको साथै  चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराइरहेको छ । 

बैंकले हाल पुर्वमा देखि पश्चिमसम्म आफ्ना ९३ वटा शाखाहरु, ६१ शाखा रहित बैंकिङ सेवा र ११४ वटा एटीएमहरु बाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । 

]]>
सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकद्धारा दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग http://bankingsansar.com/news/3294 Fri, 15 Feb 2019 13:15:45 +0545 http://bankingsansar.com/news/3294 सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दाङका तीन वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दाङका तीन वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, श्री जनकल्याण प्राथमिक विद्यालय सौडियार र श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर सहयोग गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउने उद्देश्यले कम्प्युटर सहयोग गरेको बैंकले बताएको छ । कम्प्युटर सहयोग सँगै उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम संचालन गर्दै जाने प्रतिवद्धता गरेको बैंकल छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको बैंकले देशभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख सेवाग्राहिलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेकोे छ । यसका साथै बैंकिङ सेवालाई प्रभावकारी बनाउने उदेश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । 

]]>
मेगा बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने http://bankingsansar.com/news/3293 Fri, 15 Feb 2019 12:54:10 +0545 http://bankingsansar.com/news/3293 मेगा बैंक नेपाल र ब्लुक्रस अस्पतालमा विच मेगा बैंकका सम्पुर्ण ग्राहकलाई ७ देखि २० प्रतिशतसम्म छुट दिने सम्झैता भएको छ । काठमाडौं  - मेगा बैंक नेपाल र ब्लुक्रस अस्पतालमा विच मेगा बैंकका सम्पुर्ण ग्राहकलाई ७ देखि २० प्रतिशतसम्म छुट दिने सम्झैता भएको छ ।

उक्त सम्झौतामा मेगा बैंक नेपालको तर्फबाट सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ ।

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ । 

]]>
ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न http://bankingsansar.com/news/3292 Fri, 15 Feb 2019 12:28:10 +0545 http://bankingsansar.com/news/3292 ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं  - ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराएको हो ।

बैंकका सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर र टाँडी शाखाका शाखा प्रबन्धकहरुले वचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा चितवनको भरतपुरमा रहेको नयाँ किरण मा.वि.मा अध्ययरत बिद्यार्थीहरु लाई जानकारी गराएका थिए । त्यसैगरी पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि. मा मुख्य शाखाका प्रबन्धक  सुदिप पौडेल र सोही महानगरपालिकाको वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा अध्ययनरत बिद्यार्थीहरुलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको बैकका प्रमुख कार्यकारी विश्व मोहन अधिकारीले बताए ।    

]]>
जनता बैंक र मेडिसिटि अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने http://bankingsansar.com/news/3291 Fri, 15 Feb 2019 12:13:54 +0545 http://bankingsansar.com/news/3291 जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । काठमाडौं - जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका थिए । 

सम्झौता अनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैंसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

]]>
कृषि विकास बैंकको साधारण सभा चैत १५ मा, २१.०५३% लाभांशसहित यस्ता छन् पेश हुने एजेन्डाहरु ! http://bankingsansar.com/news/3290 Fri, 15 Feb 2019 11:59:12 +0545 http://bankingsansar.com/news/3290 कृषि विकास बैंक लिमिटेडले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । काठमाडौं - कृषि विकास बैंक लिमिटेडले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको छ । सभामा सर्वसाधारण सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।

बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिनेछ भने साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । 

]]>
प्रभु बैंकको ८ प्रतिशत बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन, फागुन १९ मा एजिएम http://bankingsansar.com/news/3289 Fri, 15 Feb 2019 11:51:00 +0545 http://bankingsansar.com/news/3289 प्रभु बैंकको ८ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने फागुन ५ गते (आइतबार) अन्तिम दिन हो । काठमाडौं - प्रभु बैंकको ८ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने फागुन ५ गते (आइतबार) अन्तिम दिन हो । बैंकले साधारण सभाका लागि फागुन ६ गते (सोमबार) बुक क्लोज गर्ने भएको छ । बुक क्जोल भन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

यस्तै बैंकले साधारण सभा फागुन १९ गते बोलाएको छ । लगानीकर्तालाई बैंकले गत आर्थिक वर्षको कमाईबाट ८ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्ने भएको छ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि छ ।

साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ । सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीतर्फ ४५ प्रतिशत बनाउने एजेन्डा पनि  लैजाने भएको छ । हाल बैंकमा संस्थापक सेयरधनीको ६१.३१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ३८.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । 

]]>
लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, बिक्री प्रबन्धकमा भिबोर क्यापिटल ! http://bankingsansar.com/news/3288 Fri, 15 Feb 2019 11:40:39 +0545 http://bankingsansar.com/news/3288 लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी भर्ने फाल्गुन ३ गते (शुक्रबार) अन्तिम दिन हो । काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी भर्ने फाल्गुन ३ गते (शुक्रबार) अन्तिम दिन हो । बैंकले माघ २७ गतेदेखि पाँचौं पटक सेयर लिलामीमा खुला गरेको थियो। यसअघि ४ पटकसम्म खुला गर्दा पनि पर्याप्त आवेदक परेको थिएन । यसमा सर्वसाधारणले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१० प्रतिशत) हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर झन्डै १ वर्ष हुँदा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएको छैन ।

लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

]]>
रिजर्भ कोषमा आकर्षक सुधार हुँदा प्रिमियर इन्स्योरेन्सको अन्य महत्वपूर्ण सूचकहरुको अवस्था कस्तो ? http://bankingsansar.com/news/3287 Fri, 15 Feb 2019 11:29:39 +0545 http://bankingsansar.com/news/3287 प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८.७९ प्रतिशले वृद्धि गरी ५ करोड ८८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । काठमडौं - प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८.७९ प्रतिशले वृद्धि गरी ५ करोड ८८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष ५ करोड ४१ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
 
यस्तै कम्पनीले ले ४१ करोड ५९ लाख ७२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ४० करोड ७८ लाख ९२ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमास सम्ममा कम्पनीले ५४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न सफल भएको छ भने भुक्तानी हुन बाँकी कुल दाबी रकम ९६ करोड ९७ लाख २६ हजार रुपैयाँ छ । प्रिमियरको जारी बिमा लेखको संख्या १ लाख ३ हजार १२१ पुर्याएको छ । बिमा कोषको आकार पनि ३६ करोड ७४ लाख ८३ हजारबाट बढाएर ४३ करोड १ लाख ३४ हजार रुपैयाँँ पुर्याएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ६० करोड १० लाख ५३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने २८३ रुपैयाँ २४ पैसा छ । 

]]>
सहारा विकास बैंकको खुद नाफा ३५.२१% ले बढ्यो, खुद ब्याज आम्दानी कति ? http://bankingsansar.com/news/3286 Fri, 15 Feb 2019 11:19:28 +0545 http://bankingsansar.com/news/3286 सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.२१ प्रतिशतले वृद्धि गरी १ करोड १५ लाख ४३ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । काठमाडौ - सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.२१ प्रतिशतले वृद्धि गरी १ करोड १५ लाख ४३  हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्ष ८५ लाख ८७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 

यस्तै बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । ५.६६ प्रतिशतले खुद ब्याज आम्दानी घटेर १ करोड ५६ लाख ५८ हजार रुपैयाँमा आएको छ । गत वर्ष बैंकले १ करोड ६५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा १ करोड १५ लाख ४३  हजार रुपैयाँँ पुगेको छ । बैंकले  ६८ करोड ८४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ७० लाख ५० हजार रुपैयाँ पुर्याएको । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५ पैसा ९वार्षिक० रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ । 

]]>